१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्षः खहरेबाट बिजुली निकाल्न सकिँदैन

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्षः खहरेबाट बिजुली निकाल्न सकिँदैन
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गर्नुभएको छ ।

पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताउनु भयो । उहाँले पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताउनु भयो । उहाँले निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सिन नयाँ राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले काँग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नविन बनाउने क्रम शुरु हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी आज अझै बलियो बन्नुपर्नेछ । नेपाली काँग्रेस पार्टी विगतमा भन्दा अझै परिपक्व, अझै संयमित र अझै एकतावद्ध बन्नुपर्ने बेला छ । त्यसैले सबै साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु । नेपाली काँग्रेसको साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्छ । राष्ट्रव्यापी रुपमा अभियान घोषणा गर्छ । विभाग गठनको प्रक्रिया शुरु गर्छ, त्यो पुरानो दललाई तरोतजकी बनाएर नविन बनाउने क्रम शुरु गर्छ ।

कतिले भन्दै गर्दा अब पुराना दलका दिन गए, अब नयाँ आए भन्दै गर्दा तिनीहरुले बिर्सिएका छन्, यो धर्ती पनि पुरानो हो । हाम्रा धर्मशास्त्र, संस्कृतिहरु पनि पुराना हुन् । यो देश आफैँमा पनि पुरानो हो । पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन । हामीले बिर्सिनु हुँदैन । निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन ।’

महामन्त्री शर्माले कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजबिरुद्धको विधेयकमाथि चुनौति आउन लागेको भन्नेकुरा राखेको भन्दै मन्त्रीहरुबाट यस्तो जवाफ सुन्न नचाहेको बताउनु भयो । उहाँले सबैखालका चुनौतिलाई चिरेर मिटरब्याजको विधेयक संसदमा ल्याउनुपर्ने बताउनु भयो ।