२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत



अ+ अ-

एजेन्सी । भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन सहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् ।

फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार सम्पन्न प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने पेरिस भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता भएका छन् । रणनीतिक सहयोगको क्षेत्रमा इन्डियन आयल कर्पोरेशन लिमिटेड र टोटल इनर्जी ग्यास एण्ड पावर लिमिटेड (टोटल एनर्जी) बीच दीर्घकालीन तरल प्राकृतिक ग्यास (एलएनजी) बिक्री र खरिद सम्झौता ९एसपीए० स्थापनाको सम्झौता भएको छ ।

वैज्ञानिक सहयोगको क्षेत्रमा नेशनल इन्स्टिच्युट अफ ओशन टेक्नोलोजी, पृथ्वी विज्ञान मन्त्रालय चेन्नइ र इन्स्टिच्युट फ्रान्सिस डे रिसर्च पोर ले एक्सप्लोरेसन डे ला मेरबीच वैज्ञानिक एवम् प्राविधिक विशेषज्ञताको आदानप्रदानसहितका सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्तारक्षर भएको छ ।

त्यसैगरी स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोगको लागि आशय पत्र जारी गरिएको छभने सहयोगका क्षेत्रहरूमा डिजिटल स्वास्थ्य, स्वास्थ्य सेवाका लागि ‘एआई,’ चिकित्सा फोहोर प्रशोधन प्रविधि, बायोटेक्नोलोजी, एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध लड्न चिकित्सकहरूको आदानप्रदान र प्रशिक्षणललायत विषय त्यसमा समावेश गरिएको छ ।

अन्तरिक्ष विज्ञानमा सहयोग अभिवृद्धि, डिजिटल प्रविधिको क्षेत्रमा संस्थागत सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमाका साथै नागरिक उड्डयनको क्षेत्रमा प्राविधिक सहयोग गर्नेसम्बन्धी एमओयुमा पनि हस्ताक्षर भएको छ ।

यसैबीच, प्रधानमन्त्री मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँबीच शुक्रबार भएको भेटवार्तामा भारत र फ्रान्सबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने सहमति भएको छ । साझा मूल्य, सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततामा विश्वासमा आधारित दुई देशबीचको सम्बन्ध अन्तररायष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति अटल प्रतिबद्धता, बहुपक्षवादमा अटल विश्वास र स्थिर बहुध्रुवीय विश्वको साझा खोजलाई दुवै नेताले जोड दिनुभएको थियो ।

दुवै नेताले रणनीतिक साझेदारीका विगत २५ वर्षमा भएका द्विपक्षीय सहयोगका हरेक क्षेत्रमा भएको रूपान्तरण र विस्तारको समीक्षा गर्नुभएको थियो ।