१५ कार्तिक २०८१, बिहीबार
,
Latest
तिहारमा फूलको झिलिमिली, सडकदेखि मलसम्म मालैमाला (फोटो फिचर) अपर राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती :महाकविको बाल्यकाल कसरी बित्यो ॽ आज साँझ धनधान्य एवम् ऐश्वर्यकी देवी लक्ष्मीपूजाको पूजा आराधना सुरक्षा गर्ने कुकुरलाई पूजा गरी आज कुकुर तिहार मनाइँदै प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई धन्यवाद नेपाललाई स्तब्ध बनाउदै बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसीपको उपाधि साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल- फोटो  फिचर  साफ च्याम्पियनसीप फाइनलः नेपालविरुद्ध बंगलादेशले लियो अग्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँः सभापति लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् । ”

सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उहाँले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्”, सभापति लामिछानेले भन्नुभयो, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ ।”