२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

चाँगुनारायण तथा ख्वप अस्पताललाई रु ३०–३० लाख सहयोग

चाँगुनारायण तथा ख्वप अस्पताललाई रु ३०–३० लाख सहयोग
अ अ+ अ-

भक्तपुर । उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले रु ३०-३० लाख सहयोग गरेका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि रु ३० लाख सहयोग गरेको छ । नगरपालिकाको वडा नं ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन गरेको कोभिड अस्पतालमा एक्सरे नुहँदा सङ्क्रमितको उपचारमा समस्या आएको जनाएपछि जिससले उक्त रकम उपलब्ध गराएको जिसस प्रमुख नवराज गेलालले जानकारी दिनुभयो ।

केही दिनअघि नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले कोरोना सङ्क्रमित स्थानीयवासीको उपचार गर्दै आएको ग्रामीण क्षेत्रको चाँगुनारायण नगर अस्पताललाई सङ्घीय र प्रदेश सरकारले कुनै सहयोग नगरेपछि दाताहरूलाई सार्वजनिकरूपमा नै सहयोगको आह्वान गर्नुभएको थियो ।

“चाँगुनारायण अस्पताल जिल्लाकै ग्रामीण क्षेत्रमा सुविधासम्पन्न भवनमा सञ्चालित अस्पताल हो, कोरोनाका बिरामीले अहिले अक्सिजनदेखि शय्यासम्म नपाउने बेलामा यहाँका ग्रामीण क्षेत्रका बिरामीले आफ्नै ठाउँमा कोरोनाको उपचार पाइरहेका छन्”, जिसस प्रमुख गेलालले भन्नुभयो, “तर उपकरण अभाव रहेको थाहा पाएँ, जिससले एक थान डिजिटल एक्सरेका लागि मात्रै रकम दिएको हो । यहाँ अरु उपकरण पनि आवश्यक रहेछ, सहयोग गरिदिन दातालाई आग्रह गर्दछु ।”

नगरपालिकाका प्रमुख मिश्रले अस्पताललाई आइसीयूका लागि मोनिटर छ थान, १० थान हाइड्रोलिक शय्या र ल्याबका लागि सहयोग गर्न सार्वजनिकरूपमा आह्वान गर्नुभएको हो । नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग रेडियोग्राफी, मेडिकल अक्सिजन प्लान्ट, कम्तीमा पाँच आइसीयू शय्या, भेन्टिलेटर, ल्याब विस्तार र जनशक्तिको व्यवस्थापनको माग गर्दै पत्राचार गरे पनि सहयोग पाएको छैन ।

यसअघि जिल्ला समन्वय समितिले भक्तपुर अस्पतालमा कोभिड आकस्मिक कक्ष निर्माणका लागि रु १५ लाख सहयोग गरेको थियो । जिससको यही सहयोगबाट अस्पतालमा १५ शय्याको कोभिड आकस्मिक कक्ष निर्माण भई सञ्चालनमा आइसकेको छ ।

यता कोरोना सङ्क्रमित आफ्ना नागरिकका उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल ९कोभिड युनिट० मा अक्सिजन प्लान्ट सञ्चालन हुने भएको छ । नगरपालिकालाई अक्सिजन प्लान्ट स्थापना गर्न विभिन्न सहकारी संस्थाले रु ३० लाख १०हजार १०६ सहयोग गरेका छन् । 

नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहकारी संस्था सिद्धिगणेश र भक्तपुरले रु १०–१० लाख, सङ्गम बचतले रु पाँच लाख, बाराही बचतले रु चार लाख र जिल्ला बचतले रु एक लाख नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् । त्यस्तै सूर्यविनायकका घनश्याम देउजाले रु १० हजार १०६ सहयोग गरेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

नगरपालिकाले कोभिड नियन्त्रण र रोकथाम गर्न तथा सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन प्लान्ट जडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । ख्वप अस्पतालमा नगरपालिकाले २५ वटा एचडीयूसहितको ७५ शय्याको ख्वप अस्पताल सञ्चालन गरी कोभिड सङ्क्रमितलाई उपचार सेवा दिइरहेको छ । रासस