२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

दूरदराजका गाउँ बन्न थाले ‘हटस्पट’

दूरदराजका गाउँ बन्न थाले ‘हटस्पट’
अ अ+ अ-

पाँचथर । जिल्लामा दूरदराजका गाउँ वस्तीहरु कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’ बन्न थालेका छन् । जिल्लाका आठवटै स्थानीय तहका दूरदराजका गाउँहरुमा कोरोना भाइरसको सङ्क्रमण निकै तीब्र रुपमा फैलिएको छ । मानवीय उपस्थिति र चहलपहल नै कम हुने गाउँहरुमा सङ्क्रमण तीब्र हुँदा ग्रामीण क्षेत्र पनि प्रभावित बनेको छ । दूरदराजका गाउँ वस्तीहरुमा घरैपिच्छे सङ्क्रमित भेटिनाले यी स्थानहरु ‘हटस्पट’ बनेका छन् । 

हालसम्म जिल्लामा कोभिड–१९ सङ्क्रमणबाट सबैभन्दा प्रभावित स्थान हिलिहाङ गाउँपालिका-५ सुभाङ बनेको छ । यस वडामा हालसम्म ७५ पुरुष र ४७ महिला गरी १२२ जनाको एन्टिजेन परीक्षण गरिएकामा छ ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो वडाको मालबाँसे टोल सबैभन्दा बढी प्रभावित छ  । यहाँ हालसम्म ४४ जना सङ्क्रमित छन् । यसै वडाका भालुखोप, अमले, जेभाले लगायत टोलमा समेत सङ्क्रमण निकै तीब्र गतिमा फैलिएको छ । 

हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भन्नुभयो, “घरैपिच्छे विरामी छन् । कतिपयले परीक्षण गर्न मानिरहेका छैनन् । स्थिति भयावह जस्तै छ ।” सङ्क्रमितहरुमा गम्भीर समस्या नहुँदा आत्तिनुपर्ने स्थिति भने नभएको घिमिरे वताउनुहुन्छ । हिलिहाङ-१ अमरपुरमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जना सङ्क्रमित देखिएका छन् । हिलिहाङमा मात्रै हालसम्म ९४ जनामा सङ्क्रमण देखिएको छ ।

सदरमुकाम फिदिममा घरैपिच्छेजस्तो सङ्क्रमित भेटिन थालेका छन् । फिदिममा आइतवार मात्रै ३० जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको थियो । अब्यवस्थित बसोबास, निषेधाज्ञामा पनि अनियन्त्रित मानवीय चहलपलहले सदरमुकाममा सङ्क्रमित दिनहुँ बढिरहेका छन् । सदरमुकाममै लक्षण देखिएका कतिपयले परीक्षण गर्न इन्कार गरिरहेका छन् । 

नगरपालिकाभित्र पर्ने गाउँ वस्तीहरुसम्म सङ्क्रमण फैलिइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । सोमवारमात्रै फिदिम नगरपालिका–७ रानीटारमा ५० जनामा गरिएको एन्टिजेन परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको छ । यहाँका नाङलपा, बरबोटे, रानीटार, घुमाउनेटार लगायत टोलमा धेरै विरामी देखिएका छन् । कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी देखिएपछि स्थानीयवासीले परीक्षणको माग गरेका थिए ।

दक्षिणी मिक्लाजुङका गाउँ वस्तीहरुको अवस्था पनि उस्तै छ । मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अग्नीप्रसाद चम्लागाइँका अनुसार हालसम्म उक्त गाउँपालिकाभित्र मात्रै ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । “मिक्लाजुङ–८ दुर्दिम्बामा धेरै बिरामी देखिएका छन् । उनीहरुमध्ये सबैको परीक्षण समेत गर्न सकिएको छैन्”, चम्लागाइँले भन्नुभयो, “कतिपयले परीक्षण गर्न मान्नुभएको छैन् ।” कन्ट्र्याक टे«सिङमा परेका सबैको परीक्षण गर्न नसक्दा गाउँ वस्तीहरुमा सङ्क्रमणको जालो चुडाउन नसकिएको चम्लागाँईको भनाई छ ।

दक्षिणकै तुम्बेवा गाउँपालिकामा समेत सात जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । “३२ जनामा परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ । केही निको पनि भएका छन्”, गाउँपालिका अध्यक्ष होमनाथ थापाले भन्नुभयो, “परीक्षणको दायरा बढाउने प्रयास थालेका छौँ ।” पिसिआर परीक्षणका यहाँ सङ्कलित स्वाब धनकुटा वा विराटनगर पठाउनुपर्छ । दुवै स्थानमा धेरै समय पालो पर्खनुपर्दा सङ्क्रमितको पहिचान ढिलो भई सङ्क्रमण रोकथाम गर्न कठिन भएको अध्यक्ष थापाको भनाइ छ ।

पछिल्लोपटक जिल्लाको कुम्मायक र फाल्गुनन्द गाउँपालिकामा सङ्क्रमण निकै तीब्र गतिमा फैलन थालेको छ । शनिबार कुम्मायक–१ सिम्ले गाउँमा बिरामी भेटिएपछि १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा छ जनामा तथा कुम्मायक–२ माङ्जाबुङमा १५ जनामा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको थियो । आइतबार गाउँपालिकाको केन्द्र यासोकमा २१ जनामा एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ । “गाउँ वस्तीहरुमा सङ्क्रमित देखिन थालेपछि हामीले गर्नुपर्ने उपचारात्मक तथा सङ्क्रमण रोकथामका कार्यहरु र तयारीलाई तीब्र पारेका छौँ”, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ भन्नुभयो ।

यसैगरी फाल्गुनन्दमा भने गाउँपालिकाको अस्थायी केन्द्र घुर्विसेपञ्चमीसहित चिम्फुला, राँके, नवमीडाँडालगायत क्षेत्रमा गरी हालसम्म २१ मा सङ्क्रमण देखिएको छ । करीब १५० जनाको एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित देखिएका हुन् । ग्रामीण क्षेत्रमा समेत सङ्क्रमण फैलँदै गएकाले परीक्षणको दायरा बढाउँदै लागिएको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ । 

जिल्लाको याङवरक गाउँपालिकामा भने सङ्क्रमणको जालो एक हदसम्म तोडिएको छ । याङवरक–१ च्याङ्थापू तथा याङ्वरक–४ थर्पूमा अत्यधिक सङ्क्रमित भेटिएका थिए । तर पछिल्लोपटक सङ्क्रमण घट्दै गएको छ भने गाउँपालिकाले परीक्षणलाई निरन्तरता दिएको छ । याङवरक–१ च्याङ्थापूमा ७८ वर्ष माथिका तीन जना वृद्धवृद्धाले कोरोना जितेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङ्हाङको भनाइ छ । ग्रामीण क्षेत्रमा सङ्क्रमण तीब्र हुँदै जाँदा सतर्कता केही बढेको छ । यद्यपि परीक्षण गर्न अस्वीकार गर्ने, कोभिड–१९ को महामारीलाई सामान्य रुघाखोकी र ज्वरोको रुपमा मात्रै लिई हेलचेक्र्याई गर्नेको सङ्ख्या उल्लेख्य हुनाले सङ्क्रमण अझै बढ्नसक्ने खतरा देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । (रासस,रवीन्द्र काफ्ले)