काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्न लागेका छन् । सभामुख सापकोटा प्रतिनिधि सभाको ल्होत्से हलमा पूर्वसभामुखहरूसँग छलफल गर्न लागका हुन् ।
आफूलाई उक्त बैठकबारे जानकारी आए पनि पूर्वनिर्धारित अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले छलफलमा नजाने नेम्वाङले बताए।
‘मलाई खबर आएको थियो। पूर्वनिर्धारित अन्य कार्यक्रममा व्यस्त हुनुपर्ने भएकोले जान पाइएन,’ उनले भने।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारे पूर्वसभामुखहरूसँग परामर्श गर्न सभामुखले बैठक बोलाएका हुन्।
















