• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा

यशस्वीले भने: यो शतक आमा–बुबालाई समर्पित



एजेन्सी । यशस्वी जैसवालले डेब्यु टेस्टमा बनाएको शतक आफ्नो अभिभावकलाई समर्पण गरेका छन् ।

वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा शतक प्रहार गरेपछि २१ वर्षीय भारतीय ओपनरले भने, ‘यो मेरो लागि निकै भावुक क्षण थियो, म यसलाई मेरा अभिभावकलाई समर्पण गर्न चाहन्छु । ब्याटिङ जारी छ, दोहोरो शतकको सोच छैन, टोलीलाई ठूलो स्कोरमा पुर्‍याउनेतर्फ ध्यान केन्द्रित छ ।’

शतकपछि यशस्वीका बुबा भूपेन्द्र जैसवाल कावाद यात्रामा निस्किए । उनले भने, ‘म भोले बाबासँग यहि माग्छु कि मेरो छोराले दोहोरो शतक बनाउन् र उनको (यशस्वी)को मेहनत सफल होस् ।’

यशस्वी मुम्बईबाट घरेलु क्रिकेट खेल्छन्, तर उनको जन्म उत्तर प्रदेशको भदोही जिल्लामा भएको थियो । उनको परिवार अझै भदोहीमा बस्दै आएको छ ।

भारत र वेस्ट इन्डिजबीचको पहिलो टेष्ट खेल १२ जुलाईदेखि डोमिनिकामा सुरु हुँदैछ । खेलको दोस्रो दिन बिहीबार राति यशस्वीले शतक प्रहार गरेका थिए । दिनको खेल सकिएपछि उनी १४३ रन बनाएर नटआउट रहेका छन् ।

‘शतक बनाउनु मेरो लागि निकै भावुक क्षण थियो । म परिवार र मलाई समर्थन गर्ने सबै मानिसहरूलाई धन्यवाद दिन चाहन्छु । मेरो यात्रा धेरै लामो थियो, मलाई यहाँसम्म पुग्न धेरैले साथ दिए । म यो शतक मेरा आमाबुवालाई समर्पित गर्न चाहन्छु, उहाँहरूले मेरो करियरमा धेरै योगदान गर्नुभएको छ ।’ उनले पत्रकार सम्मेलनमा भने ।

रोहित शर्मा र जैसवालले ४५४ बलमा २२९ रनको शतकीय साझेदारी गरेका छन् । रोहित–जैसवालले वेस्ट इन्डिजविरुद्ध भारतका लागि सबैभन्दा ठूलो ओपनिङ साझेदारीको कीर्तिमान पनि तोडे । यो कीर्तिमान सन् २००२ मा सञ्जय बांगर र वीरेन्द्र सहवाग (२०१ रन) ले बनाएका थिए ।