२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु



अ+ अ-

काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाल बसाइका क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक कदका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् । लुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उनकी पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

अमेरिकी सरकारको सहयोग अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुन एक महिना बाँकी हुन लागेको भ्रमण सोही सेरोफेरोमा केन्द्रित हुने अनुमान गरिएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार उनले अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारीसँग पनि छुट्टै छलफल गर्नेछन् । जसमा उनलेले सीप आदानप्रदानसँगै वैश्लिक प्रतिष्पर्धाका लागि आवश्यक कार्यका विषयमा विमर्श गर्ने बताईएको छ ।

यसअघि विदेशमन्त्री लु अमेरिकी संसदबाट अनुमोदन हुनेताका नेपाल भ्रमणमा आएका थिए । एक दिनका लागि नेपाल भ्रमणमा आइपुगेका लु लामो समयदेखि नेपालसँग परिचित रहेका छन् ।