१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु
अ अ+ अ-

काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाल बसाइका क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक कदका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् । लुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उनकी पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

अमेरिकी सरकारको सहयोग अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुन एक महिना बाँकी हुन लागेको भ्रमण सोही सेरोफेरोमा केन्द्रित हुने अनुमान गरिएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार उनले अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारीसँग पनि छुट्टै छलफल गर्नेछन् । जसमा उनलेले सीप आदानप्रदानसँगै वैश्लिक प्रतिष्पर्धाका लागि आवश्यक कार्यका विषयमा विमर्श गर्ने बताईएको छ ।

यसअघि विदेशमन्त्री लु अमेरिकी संसदबाट अनुमोदन हुनेताका नेपाल भ्रमणमा आएका थिए । एक दिनका लागि नेपाल भ्रमणमा आइपुगेका लु लामो समयदेखि नेपालसँग परिचित रहेका छन् ।