२३ भाद्र २०८३, मंगलवार
,
Latest
जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध



फाईल फोटो
अ+ अ-

ढोरपाटन । अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ ।

लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो ।

वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन् । पूर्वीरुकुमको रुकुमकोटबाट काठमाडौँ, पोखरा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन् ।

लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष घर्तीमगरको भनाइ छ । उहाँले यस सडकको खण्डको पातीहाल्नेमा रुख डलेर सडक अवरुद्ध भएकामा अहिले खुलाइसकेको बताउनुभयो । अध्यक्ष घर्तीमगरले भन्नुभयो, “यो पहिराले हैरान बनायो, पानी पर्नैहुन्न, पर्यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ, यताको गाडी यतै, उताको गाडी उतै हुन्छन्, यसले धेरै समस्या बनायो ।

मुख्य सडकसँगै निसीखोलाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । अब बर्खा नरोकिएसम्म उक्त सडक खुलाउन नसकिने घर्तीमगरको भनाइ छ । बुर्तिबाङ बजारबाट कानाबगरसम्म सहजरूपमा यातायातका साधान चल्न सके पनि त्यसभन्दा माथि समस्या हुने गरेको उहाँले बताउनुभयो । रासस