१ असार २०८३, सोमबार
,
Latest
गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजारमा थपिए नयाँ सात कम्पनी



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा बिहीबारदेखि नयाँ सात ब्रोकर कम्पनीले कारोबार सुरु गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स बाँड्न प्रक्रिया सुरु गरेको नौ महिनापछि थपिएका ब्रोकर कम्पनीमध्ये सात ले कारोबार थालेका हुन् । बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न २०७० असोज २ गतेदेखि ३२ गतेसम्म आवेदन संकलन गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि ६ महिनाका लागि रोकिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सदस्यता पाएका भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटि लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिजिट प्रालि, मियो सेक्युरिजिट प्रालि, शेयरप्रो सेक्युरिजिट प्रालि र प्रोपर्टी बिजार्ड लिमिटेडले अनौपचारिक रुपमा कारोबार सुरु गरेका छन् ।

नेप्सेले भोले गणेशलाई ६१, क्यापिटल म्याक्सलाई ६३, सन सेक्युरिटिजलाई ६४, शेयर प्रो सेक्युरिटिजलाई ६५, मियो सेक्युरिजिटलाई ६६ र प्रोपर्टी बिजार्डलाई ६७ ब्रोकर संकेत नम्बर प्रदान गरेको छ । यी कम्पनीहरुले पहिलो कारोबारमा दिनमा विभिन्न कम्पनीमा २१० कित्ता शेयर रु १ लाख ७ हजार ९७५ मा कारोबार गरेका छन् ।




भर्खरै