• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल ★   देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायो: ओली ★   अस्ट्रेलियाद्वारा इंग्ल्याण्डलाई बाहिर पठाउने षड्यन्त्र ! मार्स दोषी पाइएमा कडा कारबाही हुने ★   जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला ★   चितवनबाट रेशमखेती विस्थापित हुँदै ★   सारासँग ब्रेकअपपछि सिंगल छन् कार्तिक आर्यन ★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

पहिराले लघुजलविद्युत् परियोजनामा क्षति



बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा पहिराले क्षति पु¥याएको छ ।

बिहीबार मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट खसेको पहिराले विद्युत्गृहमा क्षति भएको हो । विद्युत्गृहको उपकरण पहिराले पुरिएर क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले बताउनुभयो । उहाँका अनुसार कतिपय उपकरण पहिराले दरमखोलाको बगरसम्म नै पुर्याएको छ । मुख्य पाइप लाइनमा समेत क्षति भएको छ ।

विद्युत् आपूर्ति बन्द भएपछि सिङ्गो वडा नं २ का बासिन्दा बिजुलीबाट बञ्चित भएका छन् । घरेलु उद्योग बन्द भएका स्थानीय भक्त सिङ्किजा पुनले जानकारी दिनुभयो । परियोजनाबाट उत्पादन भएको बिजुलीबाट वडा नं २ का लुलाङ, लमसुङ र खोरियाका करिब चार सय परिवार लाभान्वित भएका थिए ।

दुई वर्षअघि बाढीले परियोजनाको नहर, बाँध र विद्युत्गृह बगाएपछि गत वर्ष मात्रै मर्मत गरेर यस परियोजनाको विद्युत्गृह नै स्थानान्तरण गरेर परियोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो । लाखौँ खर्च गरेर मर्मत गरी सञ्चालनमा ल्याएको परियोजनाको विद्युत्गृह एक वर्षमै पहिराले क्षति पुर्याएको छ । स्थानीयवासीले परियोजनाको मर्मत सुधारसँगै केन्द्रीय विद्युतीकरणको पहुँच विस्तारमा ध्यान दिन माग गरेका छन् । परियोजना पुनःनिर्माणका लागि दुई वर्षअघि गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु १० लाख खर्च भएको थियो ।

विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ८५ लाख ९७ हजार, जनश्रमदान रु ३३ लाख, गाउँपालिकाको रु ५० लाख र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी परियोजना निर्माण गरिएको थियो । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्युत्गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरेर पुनःनिर्माण गरिएको थियो ।-रासस