४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

पछिल्लो साता नेप्से परिसूचक ७५.१८ अंकले गिरावट

पछिल्लो साता नेप्से परिसूचक ७५.१८ अंकले गिरावट
अ+ अ-

काठमाडौँ । पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक  चार दिन बजार ओरालो लाग्दा एक दिन भने वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएर  २ हजार ८०१.५६ विन्दुमा पुगेको छ । अघिल्लो साता  १०६.८२ अंकले बढेको नेप्से परिसूचक यो साता भने ७५.१८ अंकले गिरावट आएको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नै नेप्से परिसूचकमा गिरावट आएको थियो । आइतबार नेप्से ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको थियो भने फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको थियो  । आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

तर, आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको थियो । सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

सोमबार कारोबारको दिन १५.६९ अंक बढेर बन्द भएको नेप्से मंगलबार भने १६.३० अंक घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको थियो । मंगलबार नेप्से परिसूचक ओरालो लागेपनि  कारोबार रकम भने बढेको थियो । कारोबारमा आएका २३० कम्पनीको १ करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको थियो ।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ । बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । बुधबार ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ । गत साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएकोे लगानीकर्ताको सम्पति यो साता भने १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ ।