२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पटनामा प्रहरीको कुटाइबाट भाजपा नेताको मृत्यु



अ+ अ-

एजेन्सी । बिहार विधानसभामा सरकार विरुद्ध र्‍याली गरिरहेका भाजपा नेता तथा कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको कुटाइबाट धेरै नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

कुटपिटबाट जहानावाद जिल्ला महामन्त्री विजय सिंहको मृत्यु भएको छ । पूर्व उपमुख्यमन्त्री सुशील मोदीले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।

पटना मेडिकल कलेज तथा अस्पतालका सुपरिटेन्डेन्ट आईएस ठाकुरले मृत्युको पुष्टि गरेका छन् । सिंहको मृत्युपछि अस्पतालको सुरक्षा व्यवस्था बढाइएको छ । विपक्षी दलका नेता विजय सिन्हा विधानसभा परिसरमा धर्नामा बसेका छन् । भाजपाले मुख्यमन्त्री नितिश कुमारको राजीनामा मागेको छ । भोलि भाजपाले राजभवनतर्फ मार्च गर्ने बताइएको छ ।

प्रहरीले भाजपा नेता तथा कार्यकर्तालाई डाकबंगला क्रसिङमा रोक्न खोजेको थियो । उनीहरु सहमत नभएपछि पहिले वाटर क्याननबाट पानी हालेका थिए । अश्रु ग्यास प्रहार गरियो । त्यसपछि झडपको स्थिती सिर्जना भएको थियो । भाजपा कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् । प्रहरीमाथि खुर्सानी स्प्रे प्रहार भएको छ ।

पूर्व उपमुख्यमन्त्री सुशील मोदीले जहानावादका महासचिव विजय कुमार सिंहलाई प्रहरीले नराम्ररी कुटेको बताए । उनलाई नर्सिङ होममा भर्ना गरिएको थियो । टाउकोमा गम्भिर चोट लागेको थियो । गम्भीर अवस्थामा उनलाई पीएमसीएचमा लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो । सुशील मोदीले आफ्ना महिला कार्यकर्तालाई पनि कुटपिट भएको बताएका छन् ।

बिहार बीजेपीले पनि यस कार्यक्रमको बारेमा एक प्रेस विज्ञप्ति जारी गरेको छ । यसमा सरकारसँग १० लाखलाई रोजगारी दिने हिसाब मागिएको छ । प्रेस विज्ञप्तिमार्फत सरकारलाई हालसम्म कति नियुक्ति भएका छन् र कति प्रक्रियामा छन् भन्ने प्रश्न पनि उठाइएको छ ।