२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोभिड १९ नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन

कोभिड १९ नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिनुभएको छ ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने गरि काम गर्न निर्देशन दिनुभएको हो । 

उहाँले कोभिड १९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पुर्ण प्रक्रियागत जटिलताहरुको समाधान गरेको भन्दै  कोभिड १९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भनाई उदृत गर्दे उहाँले भन्नुभयो “खोपको उपलब्ध गर्नुपर्नेमा जोड दिनुभएको छ । खोप कहाँबाट ल्याउने हो र कसरी ल्याउने हो । नागरिकहरुलाई खोप दिनुपर्छ । खोपको प्रभावकारीता देखिएकोले पहिलो प्राथमिकता भनेको खोप हो । खोपपछि स्वास्थ्य सामाग्रीहरुको अभाव देखिएको छ र ती सामाग्रीहरु पनि नेपाल सरकारले गरेको आव्हान अनुसार विभिन्न देशबाट उपलब्ध भएका छन् र उपलब्ध भएका सामाग्रीहरुको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपुर्णरुपमा अस्पतालहरुमा वितरण गर्न निर्देशन भएको छ । ”

आवश्यक ऐन नियम नभएका कारण समस्या भएपनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्सनमा जान कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिनुभयो । सार्वजनिक खरिद ऐन र नियमावलिमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याएको र अध्यादेशले सबै बाटो खोलेकाले कुनै अलमल नगरि काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको सचिव बरालले बताउनुभयो ।

कोभिड १९ निर्देशक समितिको पहिलो बैठकमा कोरोना १९ व्यवस्थापन केन्द्रका पदाधिकारी उपस्थिति थियो ।  सोमबार सरकारले कोरोना १९ व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो । उहाँले मंगलबार देखि नै आफ्नो जिम्मेबारी सम्हाल्दै बैठकमा सहभागी हुनुभएको थियो ।