• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी छलफल



काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्यविज्ञ खेम शर्मा र होटेल संघ नेपालका प्रतिनिधिबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा होटेलहरुमा सरसफाईदेखि खाद्य स्वच्छतासम्बन्धी बिभिन्न विषयमा छलफल गरिएको थियो । गा्रहकहरुलाई कसरी सफा तथा स्वच्छ वातावरणमा राख्ने र होटेलहरुमा काम गर्ने कामदारलाई सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्यविज्ञ खेम शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भएको छलफलका क्रममा आगामी आइतबार बस्ने अर्को बैठकमा होटेल संघ नेपालका प्रतिनिधिहरुले सरसफाइ तथा खाद्य स्वच्छतासम्बन्धी कुन कुन काम गर्ने सो विषयमा तयार गरी ल्याउने र उहाँहरुले ल्याउनु भएको प्रतिबद्धता अनुसार काम गरिने छ ।

सोही छलफलका क्रममा होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ नारा साकार पार्न आफुहरुले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

यसैगरी कार्यक्रमका अर्का सहभागि तथा होटेल संघ नेपालका सचिव टेकबहादुर महतले प्रधानमन्त्री ‘प्रचण्ड’ तथा सरसफाइ तथा जनस्वास्थ्यविज्ञ शर्माले सरसफाई तथा खाद्य स्वच्छतासम्बन्धी अघि सारेको कार्यक्रम निकै सरहानिए रहेको तथा आफुहरु उक्त कार्यका लागि सधै सकारात्मक रही अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।