२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आदिपुरुष’का निर्माता सर्वोच्च पुगे, ६ राज्यमा रिट दायर



अ+ अ-

एजेन्सी । ‘आदिपुरुष’का निर्माताहरु सर्वोच्च अदालत पुगेका छन् । निर्माताविरुद्ध देशका ६ राज्यमा छुट्टाछुट्टै निवेदन परेको छ । इलाहाबाद उच्च अदालतले आदिपुरुषका निर्देशक ओम राउत, निर्माता भूषण कुमार र संवाद लेखक मनोज मुन्ताशिरलाई उपस्थित हुन निर्देशन दिएको थियो ।

तर, उक्त आदेशविरुद्ध निर्माता सर्वोच्च अदालत पुगेका हुन् । यस विषयमा आज बिहीबार सुनुवाइ हुने भनिएपनि प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको आदेशमा सुनुवाई भोलिसम्मका लागि सारिएको छ ।

प्रधानन्यायाधीश डीवाई चन्द्रचूडले निर्माताहरूको प्रतिनिधित्व गर्ने परिषद्लाई भने – अदालतले सूचीकृत मुद्दाहरूको सुनुवाइ गर्दैन । तपाईंले पहिले सबै केसहरूको सूची बनाउनुहोस् र तिनीहरूलाई ल्याउनुहोस् । त्यसपछि मात्र मुद्दाको सुनुवाइ हुनेछ । यहाँ तपाईंको लागि कुनै अपवाद छैन ।’

इलाहाबाद उच्च न्यायालयको लखनउ बेन्चले फिल्म आदिपुरुषमा आपत्तिजनक संवादको मामिलामा लगातार तीन दिनसम्म सुनुवाइ गरेको थियो । अदालतले भनेको छ ‘रामायण, जसका पात्रहरूको पूजा गरिन्छ, कसरी ठट्टाको रूपमा देखाइयो । यस्तो फिल्मलाई सेन्सर बोर्डले कसरी पास गर्यो ? फिल्म पास गर्नु गल्ती हो । फिल्म हिट हुने भएकाले फिल्म निर्माता पैसा कमाउन चाहन्छन् ।’

चलचित्र आदिपुरुषका लेखक मनोज मुन्तासिरले ८ जुलाई (शनिबार) जनतासँग माफी मागेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले पहिलो पटक फिल्मका विवादित संवादमा आफ्नो गल्ती स्वीकार गरेका हुन् ।