२५ श्रावण २०८३, सोमबार
,
Latest
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ठगि गर्ने सहकारीहरुलाई कानून अनुसार कारबाही गर्छ: मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगि गर्ने सहकारीहरुलाई कानून अनुसार कारबाही गरिने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले ठगि गर्ने सहकारीहरुको अनुगमन र जाँचबुझ गरी प्रचलित कानून अनुसार कारबाही प्रक्रिया जारी रहेको बताउनु भयो। उहाँले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको बताउनु भयो। उहाँले १५ वटा जिल्लामा गुनासो सुनुवाईको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरुको तथ्याङक विश्लेषण गर्ने कार्य भइरहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘सहकारी ठगि गर्नेलाई प्रचलित कानून बमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौं । मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाईको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरुको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको छ । आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउने व्यहोरा जानकारी गराउन चाहन्छु ।’

उहाँले आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने बताउनु भयो।