१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान
अ अ+ अ-

टीकापुर ।  कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ ।

कर्णाली नदीले धार परिवर्तन गर्दा कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका नदी कटानको जोखिममा परेका छन् । कर्णाली नदीको पानी बर्दियाको गेरुवा नदीतर्फ १० प्रतिशत मात्र गइरहेको, कर्णालीतर्फ ९० प्रतिशत आइरहेकाले टीकापुरका बस्ती जोखिममा रहेका विज्ञहरु बताउँछन् । कर्णाली नदीका कारण टीकापुर पार्क क्षेत्र बढी जोखिममा रहेको छ ।

कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दछ । बर्खा लाग्न सुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि नदी कटान हुन थालेपछि टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको कटान तीव्र हुँदा बस्ती तथा जमिन जोखिममा पर्ने गर्दछ ।

कर्णाली नदीले टीकापुर पार्क क्षेत्रमा जोखिम बढेकाले नगरपालिकाका जनप्रतिनिधि र रानी जमरा कुलरिया सिँचाइ आयोजनाको टोलीले अनुगमन गरेको छ । अनुगमनपछि सो क्षेत्रमा ठूला ढुङ्गा ९बिग बोल्डर० हालेर तटबन्ध गर्ने सहमतिअनुसार ठूला ढुङ्गा पाइने पालिकासँग ढुङ्गा माग गरी नदी नियन्त्रणको प्रयास थालिएको छ ।

सिँचाइ आयोजनाको मागपछि जिल्ला प्रशासन कार्यालय कैलालीले नदी नियन्त्रणका लागि आवश्यक पर्ने ठूला ढुङ्गा उपलब्ध गराउन लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकालाई पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिकाको पूर्व खैरीफाँटा, जगतपुर शिव सामुदायिक वन, सनकट्टी तथा टीकापुर नगरपालिकाको टीकापुर पार्क, वनगाउँ क्षेत्रमा कर्णाली नदीको पानीको बहाव अत्यधिकरुपमा बढेकाले नदी किनार कटान भइरहेको जनाएको छ ।

यी स्थानमा बाढी तथा कटान नियन्त्रण गर्न ठेक्का व्यवस्थापन गरी रोकथाम कार्य भइरहेकोमा असार १ गतेबाट नदीजन्य पदार्थको उत्खनन हुन नसकी रोकथाम कार्य हुन नसकेकाले आवश्यक ठूला ढुङ्गाको आपूर्तिका लागि सहज वातावरण बनाउन पालिकालाई अनुरोभ गरिएको छ । प्रशासन कार्यालयले त्यहाँ तत्काल नदी रोकथाम नभए कर्णाली नदीको बाढी पसी नहर, संरचना तथा धनजनको क्षति हुने भएकाले रानी जमराबाट रोयल्टी लिएर ठूला ढुङ्गा उपलब्ध गराइदिन यी दुई पालिकालाई अनुरोध गरेको छ ।

टीकापुर नगरपालिका–५ मा कर्णाली नदीले टीकापुर पार्कमा हरेक वर्ष क्षति पुर्‍याउने गरेको छ । पार्क क्षेत्र यस वर्ष बढी जोखिममा छ । यसका साथै शाहीपुर, कर्मीडाँडा, सिमे्रनीमा पनि जोखिममा रहेको वडा नं ५ का वडाध्यक्ष बलविर थारुले बताउनुभयो । “पार्क टीकापुरको पहिचान हो, यस वर्ष नदी कटान हेर्दा पार्क ध्वस्त हुने देखिन्छ”, उहाँ भन्नुहुन्छ, “समयमै नदी नियन्त्रण गर्न नसके यस वर्ष टीकापुरले ठूलो क्षति बेर्होनुपर्नेछ ।”

कर्णाली नदीका कारण जानकी गाउँपालिका र टीकापुर नगरपालिका अधिकांश वडा कटान र डुबानको जोखिममा छन् । टीकापुरको वडा नं २ को मूलपानी क्षेत्र, कैलाशेश्वर सामुदायिक वन, जनशक्ति सामुदायिक वन क्षेत्र, रानी कुलाका कारण सीतापुर बेल्टमा जोखिम रहने गरेको टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले बताउनुभयो ।

टीकापुर नगरपालिका–८ बाढीका कारण बढी क्षति हुने वडामा पर्छ । यो वडा कर्णाली नदीको तटीय क्षेत्रमै जोडिएको छ । सिँचाइ आयोजनामार्फत तटबन्ध गरिरहेका निर्माण व्यवसायीले समयमा काम नगर्दा पनि वडा जोखिममा छ । वडा नं ८ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र, श्रीलङ्का र वनगाउँमा कटान भइरहेकाले जोखिम बढेको वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको भनाइ छ ।

टीकापुरको वडा नं ७ पनि कर्णाली नदीको जोखिममा रहेको छ । वडा नं ७ का महादेव टोल, सत्ती बजार र धामी टोल हरेक वर्ष प्रभावित हुने गरेका छन् । टीकापुर–७ लाई वडा नं ५ मा हुने कटानले बढी असर पार्ने गरेको वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताउनुभयो ।

टीकापुरको ६ नं वडा कर्णाली नदी मात्र नभई पथरैया नदीका कारणसमेत डुबानमा पर्ने गर्दछ । वडा नं ६ मा सिम्रेनी, भर्तापुर, भगवानपुर, मिलनपुर, नारायणपुर, ओखरपुरलगायतका क्षेत्रलाई प्रभाव पार्ने गरेको वडाध्यक्ष बलिराम चौधरी बताउनुहुन्छ । “टीकापुरका नागरिक तीन नदीबाट जोखिममा छौँ, कर्णाली, पथरैया र मोहना नदीले हाम्रो पालिकालाई प्रभाव पार्छ”, उहाँले भन्नुभयो, “नदी नियन्त्रण पालिकाले सम्भव छैन, सिँचाइ आयोजनाले जोखिम भएका ठाउँमा काम गरिरहेको छ । हामी पालिकाले सहकार्य गर्ने गरेका छौँ ।”

कैलाली जिल्लामा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी स्थानमा तटबन्ध निर्माण गरेको छ भने केही ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ । आयोजनाले पूर्वी खैरीफाँटा, शाहीपुर, भुराखानी, वनगाउँ र टीकापुर पार्कमा तटबन्धको काम भइरहेको जनाएको छ । बर्खा लागेपछि नदी बस्तीमा पस्ने जोखिम रहेकाले यहाँका पालिकासँग समन्वय गरेर निर्माण व्यवसायीलाई तटबन्धका लागि चाहिने ठूला ढुङ्गा उपलब्ध गराइदिन अनुरोध गरिएको आयोजनाका सूचना अधिकारी प्रेम लासिवाले बताउनुभयो । “हामीले स्थानीय जनप्रतिनिसहित जोखिम क्षेत्र अनुगमन गर्‍यौँ, पालिकाका जनप्रतिनिधिसँगको छलफलपछि जिल्ला प्रशासन कार्यालयलाई ठूला ढुङ्गा उपलब्ध गराउन सहजीकरणका लागि पत्र पठायौँ”, उहाँले भन्नुभयो, “यी क्षेत्रमा नदी नियन्त्रणको काम गरिरहेका निर्माण व्यवसायीलाई सहज ढुङ्गा उपलब्ध गराउन मागपछि प्रशासनले सहजीकरण गरिदिएको छ । निर्माण व्यवसायी काम गरिरहनुभएको छ ।”

तीन पालिका टीकापुर, लम्कीचुहा र जानकीमा काम गरिरहेको आयोजनाले नदीले धार परिवर्तन गर्दा कर्णालीको जोखिम बढ्दै गएको जनाएको छ । टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारु चिसापानीको मुहानबाटै कर्णालीतर्फ आइरहेको पानी गेरुवातर्फ पठाउने व्यवस्था सरकारले गरिदिएमा टीकापुर र आसपासका पालिकामा कम क्षति हुने बताउनुहुन्छ ।

जोखिम क्षेत्रलाई कसरी जोगाउने भनी छलफल भएको, सिँचाइ आयोजनाले तटबन्धको काम गर्ने, त्यसमा पालिका पनि सघाउने नगर प्रमुख थारुले बताउनुभयो । “हरेक बर्सातमा नदी कटान र डुबानको जोखिम झेल्दै आएका यहाँका नागरिकलाई कसरी जोगाउने भन्नेमा हामी केन्द्रित छौँ”, उहाँले भन्नुभयो, “हरेक वर्ष नदीको जोखिम बढ्दै गएको छ । नदी नियन्त्रणको प्रयासमा हामीले आयोजनालाई सघाउने, नदीजन्य पदार्थ उपलब्धतामा सघाउने काम गरिरहेका छौँ ।” रासस