२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदुत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ: परराष्ट्रमन्त्री साउद



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताउनुभएको छ । रोल …

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको बताउनु भयो उहाँले राजदुत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताउनु भयो । राजदुत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उहाँले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदूत पद रिक्त रहेको छ । राजदुत नियुक्तीमा सरकारले परराष्ट्र भित्रबाट ५० प्रतिशत र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ । सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ । यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताउनु भयो । विदेशमा रहेका नेपालीहरुको हक, हीतको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विदेशमा रहेका नेपालीहरुको हक, हीत र सुरक्षाप्रति संवेदनशील हुनेतर्फ नेपाली राजदुत तथा नियोग प्रमुखहरुलाई अभिमुखिकरण गरिएको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दार एवं आवश्यकता अनुसार नेपाल फर्किन सहजीकरण गर्ने कार्यलाई नियोगले उच्च प्राथमिकतामा राखेका छन् । विदेशमा रहेका नेपालीहरुको हक, हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन बिदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको छ । केही नियोगहरुमा टेलिफोन सेवाको अतिरिक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ । यसलाई क्रमश: साधन, स्रोत सम्पन्न तुल्याउँदै बिस्तार गर्दै लगिनेछ ।’

मन्त्री साउदले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




भर्खरै