२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामा मनसुनजन्य विपद्बाट २५ को मृत्यु, २५ बेपत्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पछिल्लो करिब एक महिनामा  मनसुनजन्य विपद्बाट २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ भने अझै २५ जना बेपत्ता अवस्थामा छन् ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार गत जेठ ३१ गतेदेखि असार २७ गतेसम्म मनसुनजन्य विपद्बाट १९ जना घाइते भएका छन् । साथै ८७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने १८२ घरमा आंशिक क्षति पुगेको छ ।

यस वर्षको मनसुन सुरु भएपछि बाढी तथा पहिरोका कारण भोजपुरमा एक, नुवाकोटमा एक, संखुवासभामा ३, ताप्लेजुङमा ३, पाँचथरमा ३, तनहुँमा २, गोरखामा २, ओखलढुंगामा ४, जुम्लामा १, अर्घाखाँचीमा ३, मुगुमा १ र दाङमा १ जनाको ज्यान गएको छ । साथै, बाढीपहिरोमा परी संखुवासभामा १९ , पहिरोमा परी ताप्लेजुङमा ३ र बाढीमा परी पाँचथरमा ३ जना अझै बेपत्ता अवस्थामा छन् ।

शाखाका अनुसार बाढीपहिरोमा परी संखुवासभामा ३, पहिरोका कारण ताप्लेजुङमा ३ र बाढीका कारण पाँचथरमा एक जना घाइते भएका छन् भने पहिरोमा परी तनहुँ र गोरखामा २/२ जना घाइते भएका छन् । शाखाले अछाममा १, रुपन्देहीमा १, अर्घाखाँचीमा १, बाजुरामा २, मुगुमा १, लम्जुङमा १, कैलालीमा १ गरी कुल १९ जना घाइते भएका छन् ।