• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घट्यो, हेर्नुहोस् कुनको कति ?



काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५३ पैसा तोकिएको छ। एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ६७ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ३४ पैसा तोकिएको छ। 

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ । 

एक युरोको खरिददर १ सय ४२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर १ सय ४३ रुपैयाँ ५पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २३ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७३ पैसा तोकिएको छ ।