२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बंगालको खाडी चक्रवात: नेपालको भूभागमा शनिबारसम्म हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना (भिडियो सहित)

बंगालको खाडी चक्रवात: नेपालको भूभागमा शनिबारसम्म हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपालको भूभागमा  केही दिन हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात (Cyclonic Storm) यास् (YAAS) को असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको हो । 

बुधबार बाग्मती र प्रदेश १ का केही स्थानलगायत उच्च हिमाली र पहाडी भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । वर्षा सँगसँगै उच्च भेगमा हावाहुरी पनि हुन सक्ने विभागले जनाएको छ । साथै प्रदेश १, २ बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशलगायत तराइको भुभागमा हावाहुरी र अति भारी वर्षा हुनेछ । 

हालको हावाहरी आउने स्थितिलाई हेर्दै कोरोनाको कहरमा आइसोलेन सेन्टरहरुलाई पनि व्यवस्थापन गर्न र थप सतर्कता अप्नाउन मौसम विभागले अनुरोध गरेको छ । सँगसँगै माथिल्लो हिमाली भेगमा पर्वतारोहीले विशेष सतर्कता अप्नाउन पनि विभागले आग्रह गरेको छ । उक्त विभागले सकेसम्म हिमाल आरोहन नगर्दा राम्रो हुने सुझाएको छ । 

यसको असर शनिबारसम्म मात्रै प्रकाशित गरेता पनि केही दिन अझै लम्बिन सक्ने अनुमान गरिएको छ । हाल गरिएको मौसम पूर्वानुमानमा केही परिर्वतन पनि हुन सक्ने वरिष्ठ मौसमविद विभुति पोखरेलले बताउनु भएको छ । चक्रवातले असर गर्ने अहिलेसम्मको बाटो भनेको चाँही तराइका जिल्लाहरुमा भारी वर्षा हुने सम्भावना देखिएकाले अकस्मात बाढी आउन सक्ने सम्भावना रहेको छ ।

विशेषगरी शुक्रबार र शनिबार अकस्मात बाढी आउन सक्ने सम्भावना छ । सबैजनालाई आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ।

बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात (Cyclonic Storm) यास् (YAAS) को असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।#dhmweather
विपद् सम्बन्धी सन्देशका लागि तलको लिङ्कमा सब्स्क्राईभ गर्न नभुल्नुहोला https://t.co/fkNwnxRsu8 pic.twitter.com/5isybssIk5

— NDRRMA (@NDRRMA_Nepal) May 25, 2021