२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सरकारले कोरोनाको आडमा सत्ता टिकाउन खोज्यो : कांग्रेस

सरकारले कोरोनाको आडमा सत्ता टिकाउन खोज्यो : कांग्रेस
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा आतंक फैलाउने खालका काम गरिरहेको बताएको छ। कांग्रेसले ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा नलागेर बरू जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको हो । 

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले दुई दिनभित्र किनमेल गर्नु भन्नेजस्ता कुरा गरेर यो सरकार जनतामा आतंक फैलाउन खोजेको बताएका हुन् । 

सरकारले पिसिआर परीक्षण नगर्ने, संक्रमितको उपचार नगर्ने तर जनतामा आतंक फैलाउने काम गरिरहेको भन्दै कांग्रेस बैठकले निन्दासमेत गरेको महत बताउँछन्।

सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसअनुसार सरकार अगाडि नबढेको उनले बताए।

कांग्रेसले जनताका आवश्यकता र पीरमर्का बुझ्न पनि सरकारलाई आग्रह गरेको छ। दैनिक ज्यालादारीदेखि साना लगानीका उद्यमहरू संकटमा परेकोले हातमुख जोर्न सरकारले सहयोग गर्नुपर्ने कांग्रेसको भनाइ छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्ने र २ दिनमा खाद्यान्नलगायत सामग्री खरिद गर्न समय दिएका थिए। 

शनिबारदेखि निषेधाज्ञामा कडाइ गरिने, तरकारी र खाद्यान्न पसलसमेत खोल्न नदिने प्रजिअहरूको उक्त निर्णयमा कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।