२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री पत्नीको हिन्दु संस्कारअनुसार अन्त्येष्टि- फोटो फिचर



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । दाहालको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । उनलाई लाई पशुपतिनाथ आर्यघाटमा  पति  प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

श्रद्धाञ्जलीका लागि नेकपा(माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो २ बजे पशुपति आर्यघाटमा लगिएको थियो।

पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

आर्यघाटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, सांसद, सचिव, कु्टनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित रहेका छन् ।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

फोटो -प्रधानमन्त्रीको सचिवालय