१३ माघ २०८१, आईतवार
,
Latest
भुटानी शरणार्थी प्रकरणः बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश, मुख्य भूमिका रहने होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेन्द्र शाहबिरुद्ध महानगर अगाडि बिरोध प्रदर्शन– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ ।

‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन शाहबिरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताउनु भयो । उहाँले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गनेको बताउनु भयो । उहाँले संविधानले बाच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हर्नन गरेको आरोप मेयर शाहलाई लगाउनु भयो ।

उहाँले मेयर तथा महानगर बिरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताउनु भयो । उहाँले महानगर पालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको बताउनु भयो। उहाँले महानगरले जसरी अमानविय रुपमा साना व्यापारीहरुलाई गरेको व्यवहार राख्नुपर्ने बताउनु भयो । उहाँले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उहाँलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताउनु भयो ।

त्यस्तै,अर्को प्रदर्शनमा सहभागि सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताउनु भयो। उहाँले मेयर बालेन्द्रले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताउनु भयो।

त्यस्तै,बिरोध प्रदर्शनमा सहभागि युजनराज भण्डारीले साना ठेलागाँडा ब्यापारीहरु माथि महानगरले गरेको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको बताउनु भयो। उहाँले फुटपाथका गेलागाढा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर शाहले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गर्नुभएको आरोप लगाउनु भयो।