२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

५ महिनामा ६ पटक शल्यक्रिया गरेपनि ब्ल्याक फंगसबाट मुक्त हुन नसकेपछि…

५ महिनामा ६ पटक शल्यक्रिया गरेपनि ब्ल्याक फंगसबाट मुक्त हुन नसकेपछि…
अ अ+ अ-

एजेन्सी । एकतर्फ पूरा विश्व नै कोरोनासँग लडिरहेको छ । अर्कोतर्फ ब्ल्याक फंगसले पनि आक्रान्त मच्चाउन थालेको छ । 

भारतको गुजरातमा ब्ल्याक फंगसले आतंक मच्चाइरहेको छ । यसैबीच राजाकोटमा विमल नाम गरेका युवक पछिल्लो ५ महिनामा ६ पटकसम्म ब्ल्याक फंगसको शल्यक्रिया गरिसकेका छन् तापनि अहिलेसम्म उनलाई यो रोगबाट मुक्ति मिलेको छैन । 

विमलकी पत्नी चाँदनीका अनुसार विमल अहमवादमा बस्दथे । उनलाई त्यहीँ नोभेम्बरमा कोरोना संक्रमण भएको थियो । कोरोनाको उपचारको क्रममा विमललाई अक्सिजन दिइएको थियो । 

कोरोनालाई पराजित गर्ने विमललाई ब्ल्याक फंगसले भने आक्रान्त पारेको छ । सबैभन्दा पहिले विमललाई नाकमा फंगस पाइएको थियो । जसको शल्यक्रिया गरियो । त्यसपछि आँखा, कान र त्यसको वरपर पनि शल्यक्रिया गरियो । अहिले फंगसको संक्रमण मस्तिष्कसम्म पुगेको छ । 

जसकारण अव उनले मस्तिष्कको न्यूरो सर्जरी गर्नुपर्ने भएको छ । उनले यसको उपचारका लागि ३९ सुई लगाइसकेका छन् । पत्नी चाँदनीका अनुसार विमलको उपचारमा घरमा जम्मा भएको सम्पत्ति सकिएको छ । यहाँसम्म कि उनले घर नै बेच्नुपरेको छ । उपचारमा ४१ लाख रुपैया खर्च भइसकेको छ । अझै उनलाई १५ लाख रुपैया आवश्यक पर्ने चाँदनी बताउँछन् । 

विमलको उपचार गर्ने चिकित्सकहरु कोरोनापछि यसरी ब्ल्याक फंगसको संक्रमण भएर पनि जिवितै रहनु एकदमै चमत्कार रहेको बताउँछन् । चिकित्सकका अनुसार हालसम्म ६ ठूला शल्यक्रिया भइसकेको छ । उनी पूर्ण रुपमा ठिक भइसकेको भनेर आँकलन गर्दै गर्दा उनको मस्तिष्कमा ब्ल्याक फंगस पाइएको थियो । 

समाचार लिंक: ५ महिनामा ६ पटक शल्यक्रिया गरेपनि ब्ल्याक फंगसबाट मुक्त हुन नसकेपछि…