१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कि पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि बिरामी दाहाललाई नर्भिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । दाहाललाई अक्सिजनको कमी हुँदा भइ ८ बजे हृदयघात भएको र उपचारका क्रममा आज विहान ८ः३३ बजे उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले केही बेरपछि यसको आधिकारिक जानकारी गराउने तयारी गरेको छ ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्थ्यो । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ ।

उक्त रोगले मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिनेगर्छ । छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको थियो । उहाँलाई यसअघि नेपालका विभिन्न अस्पतालका साथै अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइएको थियो ।

सीता दाहाल आफ्नी धर्मपत्नी मात्र नभएर माओवादीको एक नेतृको भूमिकामा भूमिगतकालदेखि नै रहेको र पार्टीलाई माथि उठाउन सीता दाहालको ठूलो भूमिका रहेको प्रचण्डले बताउँदै आउनुभएको छ ।

प्रचण्डले दश वर्षको सशस्त्र युद्धको नेतृत्व गर्नुअघि पत्नी सीताले उहाँलाई राजनीतिमा त्यति धेरै साथ नदिए पनि सशस्त्र युद्धताका भने सिता प्रचण्डसँगै युद्धमा होमिनुभएको थियो । उहाँले प्रचण्डका पाइला–पाइलामा साथ दिनुभएको थियो । पत्नी सिता दाहालको सल्लाहमा प्रचण्डले निकै ठुला निर्णयहरु समेत गरेको मानिन्छ । माओवादी नेतृत्वभित्र चर्किने गरेका ठूला–ठूला अन्तरसंघर्षमा समेत सिताले प्रचण्डलाई सल्लाह दिने गर्नुहुन्थ्यो । यसरी हेर्दा प्रचण्डको राजनीतिक जीवनमा पनि पत्नी सीता दाहालको निकै ठूलो भूमिका देखिन्छ ।