२५ श्रावण २०८३, सोमबार
,
Latest
स्काउटका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त जनकपुरधाम-६ का वडाध्यक्ष साहको निधन, उपमहानगरपालिकामा शोक बिदा सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख घुससहित लेखा अधिकृत पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ ।

सडक डिभिजन कार्यालय, लहान सिरहाका लेखा अधिकृत पदम बिनोद पोखरेलले सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियराको टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज लेखा अधिकृत पोखरेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रकमसहित मंगलबार साँझ नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको हो ।