• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गरिने



काठमाडौँ । राष्ट्रियसभाका बैठक आज बस्दैछ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिनुहुने कार्यक्रम छ । आजैको बैठकमा खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची समेत छ ।

कार्यसूची अनुसार अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिकामा उल्लेख छ ।