२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सरकार ३ करोड ८२ लाख ५० हजार ४४ डोज खोप कहिले आउँछ ?

सरकार ३ करोड ८२ लाख ५० हजार ४४ डोज खोप कहिले आउँछ ?
अ अ+ अ-

काठमाडौ । कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई बुधबार औपचारिक पत्र लेख्नुभयो । पछिल्ला दिन प्रधानमन्त्री केपी ओलीले पनि खोप उत्पादक राष्ट्रहरु चीन, भारत अमेरिका बेलायत जर्मनीलगायत अन्य मुलकका नेपाल प्रतिनिधिसँग भेट गर्दै खोपका लागि अनुरोध गरिरहनु भएको छ ।

कोरोनाको बढ्दो सक्रमण नियन्त्रणका लागि खोप नै पहिलो भरपर्दाे आधार भएका कारण सरकार यतिबेला खोपको खोजीमा कस्सिएको छ । खोप उत्पादक मुलुकसंगै विश्व स्बास्थ्य संगठन लगायतका संस्थाहरुसंग पनि सरकारले खोपको लागि हार गुहार गरिरहेको छ । विश्वकै धेरै खोप उत्पादन गर्नै मुलुक भारतपछि कोरोना खोप लगाएको दाबी सरकारले गरिरहदा खोप पुग्न बाँकी ठुलो जनसख्या रहेको छ ।

पछिल्लो पटक प्रधानमन्त्री केपी ओलीले २०७८ मंसीर २७ गते र कार्तिक ३ गते हुने भनिएको निर्बाचनअघि सबै नागरिकलाई खोप पुर्याउने अनुमान गर्नुभएको छ । यसबिचमा केही राष्ट्रहरुले नेपाललाई खोप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयका एक उच्च अधिकारीका अनुसार सबै नागरिकलाई खोपको प्रबन्ध गर्ने हो भने तत्काल ३ करोड ८२ लाख ५० हजार ४४ खोप आवश्यक पर्दछ ।

नेपाललाई हाल यति नै खोप आवश्यक पर्छ भनेर सम्बन्धित अधिकारीहरुले हालैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालैमात्र ब्रिफिंग गरेका थिए । त्यसैले नेपाल सरकारले खोपको यति मात्राका लागि जोहो गर्नुपर्ने भनी तयारी थालेको पनि बताइएको छ ।

तथ्याङअनुसार नेपालमा खोप लगाउनुपर्ने नागरिकको संख्या २ करोड १७ लाख ५८ हजार ७६३ रहेको छ । जसमध्ये पुर्ण खोप अर्थात दुबै डोज लगाउने खंख्या ५ लाख १३ हजार ८३१ रहेको छ । यसैगरी पहिलो चरणको खोपलएका र दोश्रो चरणको खोप प्रतिक्षा गर्नेको संख्या २१ लाख १७ हजार ९२० रहेको छ । यसैगरी १ करोड ९१ लाख २५ हजार २२ नागरिकले खोप नै पाएका छैनन् ।

उता भारतको कोभिसिल्ड कम्पनीलाई खोप खरिदको लागि अग्रीम भुक्तानी दिएपनि स्वास्थ्यमन्त्री र स्थानिय एजेन्टबीच कमिसनका कुरा मिल्न नसक्दा समयमै खोप आउन सकेन । चार साताभन्दा बढी अलमलमा परेपछि भारतमा त्यही समयमा कोरोनाको दोश्रो लहर तीब्र रुपमा फैलियो ।

जुन कारण देखाउँदै भारतले खोप निर्यातमा प्रतिबन्ध लगायो । जसको मारमा अग्रमी भुक्तानी गरेपनि नेपल पर्यो । राष्ट्रपति भण्डारीले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको स्मरण गराउँदै भारतीय समकक्षी कोबिदलाई त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गर्नुभएको छ ।