१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गा प्रकरण: भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ



अ+ अ-

काठमाडौं। बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई मंगलबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।प्रहरीले मंगलबार बिहान मात्रै मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको थियो ।