२५ श्रावण २०८३, सोमबार
,
Latest
स्काउटका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त जनकपुरधाम-६ का वडाध्यक्ष साहको निधन, उपमहानगरपालिकामा शोक बिदा सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीलाई सरकारले ल्याउने बारे सकारात्मक छलफल भईरहेको छः सञ्चारमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताउनु भएको छ ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । सो सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भएपनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाई थियो । त्यस अवसरमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु देखिनै राष्ट्रिय सहमतीको सरकारमा जोड दिनु भएको पनि स्मरण गराउनु भयो । मन्त्री शर्माले भन्नु भयो, ‘अहिले अलि पोजेटिभ छलफल भईरहेको छ । यसको निष्कर्षमा पुगिसकेको छैन । निष्कर्षमा नपुग्दाखेरी यस विषयमा भन्न सकिएन ।’

मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकीर समेत गर्नु भयो । प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उहाँले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागि परेको बताउनु भयो ।