१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी बीच टेलिफोन संबाद



अ+ अ-

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच टेलिफोन संबाद भएको छ । बुधबार दिउसो करिब ४० मिनेट भएको छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गर्नुभएको थियो ।

‘कोभिड १९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँग भन्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले न्युजपोलारलाई जानकारी दिनुभयो ।

उच्च स्रोतका अनुसार चीन सरकारले कोरोना भाइरसका विरुद्धमा खोप किन्न पनि नपाएको नेपाललाई ठूलो मात्रामा खोप दिने भएको तयारी गरेको छ । नेपाल सरकारको प्रस्ताव अनुसार चीनले नेपाललाई लगभग एक करोड डोज नै खोप दिने तयारी गरेको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

सो समाचार स्रोतले भन्यो– नेपालको प्रस्ताव अनुरुप नै चीनले अनुदान तथा खरिद पनि निकै सस्तो मूल्यमा नेपाललाई कोरोनाको खोप दिने भएको छ, अब छिट्टै नै यो प्रक्रिया शुरु हुनेछ । एक करोड जति मात्रा खोप चीनले नेपाललाई दिने विषयमा नेपाल र चिनियाँ अधिकारीहरुबीच सूचना भने आदानप्रदान भइसकेको छ ।  

यो पनि पढ्नुस् :

चीनले नेपाललाई झण्डै १ करोड डोज खोप दिने !




भर्खरै