३ पुष २०८२, बिहीबार
,
Latest
रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश यस्तो बन्यो एमालेको टिम प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको राप्तीमा बर्डफ्लू देखियो



अ+ अ-

चितवन । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन देखिएको छ ।  राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।

उक्त फर्ममा दुई हजार कुखुरा  छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले बताउनुभयो । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उहाँको भनाइ छ । शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उहाँको भनाइ छ ।