२३ असार २०८३, मंगलवार
,
Latest
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई पाँच लाखसम्म जरिवाना



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।  

मङ्गलबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उल्लङ्घन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको हो । 

नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धी २०७८ मा जारी गरेका अध्यादेशअनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।  जिल्लामा गत वैशाख २५ गते राति १२ देखि लागु भएको निशेधाज्ञा यही जेठ २५ गते राति १२ बजेसम्म थपिएको छ । हालसम्म जिल्लामा पाँच सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।