२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी तलबविहीन

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी तलबविहीन
अ अ+ अ-

पर्वत  । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् ।कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित बनेका हुन् । अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ ।

काम गरेको लामो समय हुँदा समेत तलब नपाउँदा अस्पतालको कोषबाट तलब खाने १५ जना कर्मचारी समस्यामा परेका हुन् । ‘‘यो महामारीको बेलामा हातमुख जोड्न नै कठिन हुने बेला आएको छ । बिहानदेखि बेलुकासम्म बिरामीको सेवा ध्यान दिनुपर्छ । तलब नआउँदा बिरामीको उपचारमा खटिनसमेत कठिनाइ भएको छ”, डा. डिबी क्षेत्रीले भन्नुभयो, ‘‘दैनिक रोजिरोटीकै समस्या भएको छ ।”
 
करारमा कार्यरत कर्मचारीहरूले समस्याबारे जानकारी गराउँदै अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिमा निवेदन दिइएको भए पनि कोलेनिकाबाट खाता सञ्चालनको अनुमति नआएका कारण माग सुनावाइ नभएको उहाँको भनाइ छ । अस्पतालका कर्मचारी राजेश गिरीले केही चिकित्सकले माघदेखि र कर्मचारीले फागुनदेखि तलब नबुझेको बताउनुभयो । तलबकै आधारमा बजारमा बसेर पेट पाल्नेहरूलाई समस्या भएको उहाँको भनाइ छ ।

अस्पताल व्यवस्थापन समितिको खाताबाट तलब पाउने ती १५ जना कर्मचारीमा मासिक रु १३ हजार रुपैयाँदेखि रु।दुई लाख २७ हजारसम्म पाउनेहरू छन् । मासिक करीब रु।सात लाख तलबमा खर्च हुन्छ । 

कोरोना सङ्क्रमण अवस्था भयावह भइरहेको बेलामा विभिन्न सामग्रीहरू खरिद गर्नुपर्ने तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि तलब दिनुपर्ने बेलामा अस्पतालको खाता सञ्चालन रोकिँदा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मोहनशरण भण्डारीले सरकारी कारोबार निर्देशिका २०७६ आइसकेपछि चल्ती खातामा कारोबार गर्न नपाइने नियम अनुसार खाता सञ्चालनमा समस्या भएको उहाँको भनाइ छ ।