२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

15.87°C

काठमाडौं

15.87°C

Kathmandu

Feels-like: 15.37

Wind: 1.25

Humidity: 71

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयर हेलिकप्टर दुर्घटना: पाँच जनाको मृत्यु, एक जना बेपत्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

मनाङ एयरको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापासमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । हेलिकोप्टरमा सवार छ जनामध्ये एक जना बेपत्ता छन् ।

अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

सोलुखुम्बुको सुर्केबाट विहान ९:५२ बजे काठमाडौँका लागि उडेको हेलिकप्टर १०:१ बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा पाँच जना यात्रु मेक्सिकन नागरिक छन् भने एकजना नेपाली चालक टेकबहादुर गुरूङ सवार छन्।

प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।