१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिच्युडको हेली पठाइँदै, लामजुरातर्फ प्रहरी जाँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाएर मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजी गरिने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाको अनुसार सोलुखुम्बुको लामजुरा आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।

हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित लामजुरामा दुर्घटना भएको अपुष्ट जानकारी आएपछि २ नम्बर वडाका अध्यक्ष ङवाङ ठिले शेर्पाले हेलिकप्टर खोजिको लागि प्रहरी परिचालन गरिसकेको बताएका छन् ।

सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।  हेलिकप्टरमा पाँच जना यात्रु मेक्सिकन नागरिक छन् भने एकजना नेपाली चालक सवार छन्।