• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

शीर्ष दलबीच सहमतिपछि राष्ट्रियसभाको बैठक आज बस्दै



काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीचको सहमतिपछि अवरुद्ध संसद सञ्चालन भएको छ । हिजो भएको सहमतिपछि प्रतिनिधिसभाको बैठक सञ्चालन भएको थियो भने आज राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको राजीमान माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद अवरुद्ध गरेपछि दुवै सदनका बैठक सञ्चालन हुन सकेका थिएनन् । सोमबार सहमतिभएपछि आज राष्ट्रिसभाको बैठक बस्न लागेको हो ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बिनियोजित विधेयकको विभिन्न मन्त्रालयगत शीर्षक अन्तर्गत छलफल हुनेछ कार्यसूची छ ।