• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

उत्तरका पाहुना आउँदै, प्रधानमन्त्री इटाली जाँदै



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन  जुलाई २३ देखि तीन दिने भ्रमणका लागि नेपाल आउँदै हुनहुन्छ ।

उत्तरका उच्च अधिकारी नेपाल आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने खाद्य सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इटाली जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाल जुलाई २१ मा इटाली जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

च्युनले नेपालमा रहँदा चिनियाँ लगानीमा सञ्चालन भैइहेका आयोजनाहरुका बारेमा जानकारी लिनुका साथै सो समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने एक उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तोकिने उपाध्यक्षसँग भेट गर्ने तय भएको छ ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का शीर्षनेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।