३० कार्तिक २०८१, शुक्रबार
,
Latest
सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुद्राक्ष लगाएपछि बन्द गर्नुस् यी कामहरु



अ+ अ-

एजेन्सी । हिन्दू धर्ममा रुद्राक्षको ठूलो महत्व छ । रुद्राक्षलाई शिवबाट प्राप्त वरदान मानिन्छ । जसलाई भगवान शिवले संसारका भौतिक दुःखहरू हटाउनको लागि प्रकट गर्नुभएको हो । भगवान शंकरको आँखाको जलविन्दुबाट रुद्राक्षको उत्पत्ति भएको बताइन्छ । यसलाई धारण गर्दा सकारात्मक उर्जा प्रवाह हुन्छ । रुद्राक्ष धारण गर्ने व्यक्तिलाई असामयिक मृत्युको डर हुँदैन ।

ज्योतिष शास्त्र अनुसार सोमबार रुद्राक्षको माला लगाउनु पर्छ । किनकि सोमबार भगवान शिवलाई समर्पित छ । पूर्णिमा वा अमावस्याको दिन पनि रुद्राक्षको माला धारण गर्नु शुभ मानिन्छ । रुद्राक्ष मालामा कम्तीमा २७ वटा माला हुनुपर्छ ।

रुद्राक्षको माला धेरै पवित्र मानिन्छ, त्यसैले यसलाई स्नान नगरी कहिल्यै लगाउनु हुँदैन । रुद्राक्षको माला धारण गर्दा भोलेनाथको स्मरण गर्दै ओम नमः शिवाय जप गर्न नभुल्नुहोला । राती सुत्दा यसलाई निकालेर पवित्र स्थानमा राख्नुहोस् ।

रुद्राक्षको माला लगाउन कालो धागो प्रयोग गर्नु हुँदैन । रुद्राक्षको माला सधैं पहेँलो वा रातो धागोमा मात्र धारण गर्नुहोस् । एक पटक लगाएको रुद्राक्षको माला कसैलाई दिनुहुदैन र अरुले लगाएको माला पनि लिनुहुदैन ।

ध्यान राख्नुहोस् कि रुद्राक्षको माला धारण गरेपछि मांसाहारी भोजन, धुम्रपान आदि गर्नु हुँदैन । यदि कसैले यस्तो गर्छ भने उसले भगवान शिवको अप्रसन्नता सहनुपर्छ ।

गर्भवती महिलाले रुद्राक्षको माला कहिल्यै लगाउनुहुँदैन । यदि कुनै महिलाले रुद्राक्ष धारण गरेमा बच्चा जन्मेपछि सुतक अवधिको अन्त्यसम्म रुद्राक्ष धारण गर्नुपर्छ । श्मशानमा जाँदा यसलाई नलगाउनुहोस् । यस बाहेक सन्तानको जन्ममा पनि रुद्राक्षको माला नलगाउनु हुँदैन ।