२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ

कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ
अ अ+ अ-

धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा  मानिसमा डर, चिन्ता, भय र तनाव बढेर गएको छ । एकैठाँउमा समय व्यतीत गर्नु, सामाजिक सञ्जालमा आएका महामारी र मृत्युका खबर हेर्नु तथा गाउँठाउँमै सङ्क्रमणका कारण मृत्युका घटना घट्नुले पनि मानिसहरूमा डर पैदा गराउने भएकोले यस अवस्थामा एकले अर्काको हौसला बढाउनुपर्ने जानकारहरू बताउँछन् । 

महामारीको समयमा हौसला र प्रेरणा अति आवश्यक हुने गरेको तथा यस्तो समयमा घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जुझ्न ऊर्जाको काम गर्ने भएकाले एकले अर्काको हौसला बढाउने काम गर्नुपर्ने मनोपरामर्शदाता सीता भण्डारी बताउनुहुन्छ । विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरूसँग आफ्नो मनका भावनाहरू बाँड्ने, प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडियो हेर्ने गर्नाले पनि महामारीका कारण पैदा हुने त्रास कम हुने उहाँको भनाइ छ । 

यस्तो समयमा आफूले आफैँलाई आत्म सुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै ‘म ठिक छु, स्वस्थ छु, ठिक हुँदै गएको छु’ जस्ता शब्दहरू बारम्बार उच्चारण गरेर आत्म–सुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सबल पक्षहरू लेख्ने, मनन वा उजागर गर्ने गरियो भने पनि आत्मबल बढाउन मद्दत पुग्ने मनोपरामर्शदाता भण्डारी बताउनुहुन्छ ।

कोरोना कहरको यस्तो बेला अन्य उमेर समूहका मानिसलाई जस्तै बालबालिकालाई पनि तनाव थपिएको हुन्छ । विद्यालयमा, खेलमैदानमा आफ्ना साथीभाइसँग रमाउँदै खेल्ने बालबालिका घरभित्रै बन्द भएर बस्दा उनीहरूमा एक किसिमको चिन्ता थपिने बालरोग विशेषज्ञ डा प्रदीप मिश्र बताउनुहुन्छ । बालबालिकालाई कोरोना भाइरसका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उहाँको भनाइ छ । ‘यति मृत्यु भयो, यति बिरामी भयो भन्दा यति निको पनि भएका छन्’ भनेर सकारात्मक सोच आउने खाले सन्देश अरू उमेर समूहकालाई भन्दा विशेष बालबालिकालाई  पनि दिनुपर्ने डा मिश्र बताउनु हुन्छ । बालबालिका घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने तथा उनीहरूको व्यवहारमा सामान्य अवस्थामा भन्दा परिवर्तन आएको छ कि छैन भन्ने अभिभावकले विचार गरिरहनुपर्ने हुन्छ । 

“महामारीमा तनाव सबैलाई हुन्छ, यस्तो बेला एक जनाले अर्कालाई हौसला बढाउँदै सकारात्मक सोचको विकास गर्नुपर्ने हुन्छ”, डा मिश्र भन्नुहुन्छ, “सामान्यतया उमेर पुगेकाहरू बिरामी परे भने उनीहरूले समस्या बताउन सक्छन् र सोही अनुसार चिकित्सक कहाँ लगेर उपचार गर्न सकिन्छ र उनीहरूलाई हौसला बढाउन पनि सकिन्छ तर बालबालिकाको हकमा भने त्यसो हुँदैन ।” 

बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बालबालिकामा आफूलाई पनि महामारीको रोगले च्यापेको र आफू पनि मर्नेलगायतका चिन्ता थपिए निकै भयानक हुने उहाँको भनाइ छ । रासस