कैलाली । प्रतिनिधि सभाका सांसद तथा महिला तथा सामाजिक समितिका सभापति निरु देवि पालले सरकारी गाडि फिर्ता गरेकी छन् ।
सांसद पाललाई सरकारले महिला तथा सामाजिक समितिका सभापतिको हैसियतले उपलव्ध गराएको प्र.३०१००२ झ ४८७४ नम्बरको गाडी बिहीवार सवारी शाखामा बुझाएको हो। उनले सभापति हुँदा सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिएकी छन्।











