२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सर्वोच्च अदालतले न्याय गर्ने विश्वास छ: सभापति देउवा

सर्वोच्च अदालतले न्याय गर्ने विश्वास छ: सभापति देउवा
file photo
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा  अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । 

नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाउँदै संविधानको रक्षाका लागि आफूहरु अदालत जान बाध्य भएको बताउनुभयो । उहाँले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम आफूहरुले नयाँ सरकार गठनका लागि गरेको दावीमा राष्ट्रपतिले आवश्यक छानबिन नगरेको भनी आपत्ति जनाउनुभयो । 

पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले जनताको जीवन रक्षा प्रमुख विषय हो, तसर्थ हामी अदालत गएका हौँ, यसमा जनमत सिर्जना गरी सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दछौँ ।” फरक प्रसंगमा उहाँले आफूले पार्टीको महाधिवेशन गर्न नसकेको कलंक बोक्न नचाहेको उल्लेख गर्दै सबैको चित्त बुझाएर निर्धारित समयमै सम्पन्न गरिने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले बहुदलीय लोकतान्त्रिक व्यवस्था आत्मसात् गरे पनि धारा ७६ को उपधारा ९५० पुगेपछि सांसदको आत्मनिर्णय र स्वविवेकीय अधिकारसमेत स्वीकार नगरिएको जनाउँदै सोही व्यवस्थानुसार सरकार गठनका लागि सांसदहरु अदालत जानुपरेको बताउनुभयो ।   

पूर्वसभामुख पौडलले कोभिड–१९ को महामारीबीच वर्तमान सरकारले निर्वाचन घोषणा गर्ने तर पुनः महामारी देखाएर निर्वाचन नगर्ने खतरासमेत देखिएको जनाउँदै अहिले देशलाई विकल्प चाहिएको धारणा व्यक्त गर्नुभयो । “कांग्रेस सक्षम र एकताबद्ध हुन निर्धारित समयमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्छ”, उहाँले भन्नुभयो  ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमाध्यमले स्वतन्त्र रुपमा लेख्न र प्रसारण गर्न पाए मात्रै लोकतन्त्रको सार्थकता रहने बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महामारीमा नागरिकका लागि सूचनाको झन् महत्व हुने भए पनि जनतालाई सुसूचित गर्ने सञ्चार क्षेत्रले यतिखेर सरकार र दलबाट अपेक्षानुसारको प्राथमिकता नपाएको गुनासो गर्नुभयो ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्दलले कोभिड–१९ को महामारीबाट प्रभावित सञ्चारकर्मीलाई राहत दिनका लागि युनियनका तर्फबाट रु १० लाखको राहत कोषको घोषणा गर्दै कोषमा थप सहयोगका लागि सबैलाई आह्वान गर्नुभयो । करिब ५०० जनाको सहभागिता रहेको र विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको भर्चुअल कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु शिवाकोटीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।