२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खाना

कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खाना
अ अ+ अ-

डोटी । कोरोना सङ्क्रमिणका बिरामीले पोषणयुक्त खानेकुरा नपाउँदा ज्यान जाने गरेको खबर आइरहेका बेला जिल्लामा कार्यरत सम विकास केन्द्र (इडिसी) नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ । 

उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेशनकक्षमा भर्ना भएका कोरोना सङ्क्रमितलाई २१ दिनसम्म पोषणयुक्त खाना खुवाउने व्यवस्था मिलाएको छ । संस्थाले यही जेठ ११ गतेदेखि कोरोना सङ्क्रमितलाई पोषणयुक्त खाना खुवाउन थालेको कार्यक्रम संयोजक केशव परियारले बताउनुभयो । 

विदेशी दातृ निकाय एक्शन एड नेपालसँगको सहकार्यमा उक्त संस्थाले आइसोलेशनमा भर्ना भएका सङ्क्रमित तथा उनीहरुका कुरुवाका लागि खानाको व्यवस्था मिलाएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालभित्र रहेको क्यान्टिन र सम विकास केन्द्रबीच सम्झौता भएअनुसार क्यान्टिन सञ्चालकले प्रत्येक दिन रु ५० को बिहानको नास्ता, फलफूल तथा रु १३० को बिहानको खाना दिने गरेका छन् ।

यसैगरी रु ५० को दिउँसोको नास्ता, फलफूल तथा साँझको रु १३० को खाना गरी बिरामी र प्रत्येक बिरामीका एक कुरुवासमेतलाई उक्त खानेकुरा प्रदान गरिँदै आएको छ । संस्थाले यही जेठ ३१ गतेसम्म आइसोलेशनमा जे–जति सङ्ख्यामा बिरामी आए पनि ती बिरामी र उनीहरु प्रत्येकका एक कुरुवाको खाना तथा नास्ताको व्यवस्था मिलाइएको छ । रासस