२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डन जान लागेका १५ जनालाई अध्यागमन कार्यालयले फर्कायो



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जोर्डन जान लागेका १५ जनालाई फर्काएको छ ।

जोर्डन जान लागेका १३ महिला र २ पुरुषसहित १५ जना नेपाली कामदारलाई अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काएको हो ।

अध्यागमनले उनीहरूको साथबाट भिसा फेला नपारेकाले फिर्ता पठाउनु परेको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

उनीहरु आइतबार बिहान बिनाभिसा जोर्डन जान लागेकाले उनीहरूलाई अध्यागमनले विमानस्थलबाट फर्काएको बताइएको छ । एयर अरेबियाको जहाजबाट उनीहरू बिहान साढे १० बजे जोर्डनतर्फ जान लागेका थिए ।

भिसा नभए पनि उनीहरुसँग श्रम स्वीकृति र जोर्डनको आन्तरिक मन्त्रालयले लेखेको पत्र पनि रहेको बुझिएको छ ।