२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँचल शर्माले दुई फेसबुक पेजविरुद्ध दिइन् साइबर ब्यूरोमा उजुरी



अ+ अ-

काठमाडौँ । अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने गरी सामग्री पोस्ट गरेको भन्दै दुई फेसबुक पेजविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

बिना अनुमति आफ्नो फोटोसहित गलत सामग्री लेख्ने दुई फेसबुक पेजविरुद्ध उनले साइबर ब्यूरोमा शनिबार उजुरी दिएकी हुन् ।

अभिनेत्री शर्माले हालैको एक अन्तर्वार्तामा अभिनेता दयाहाङ राईबारे प्रतिक्रिया दिएको भन्दै यी फेसबुक पेजले भ्रामक सामग्री पोस्ट गरेका थिए ।

आँचलले आफ्नो अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने गरी भ्रमपूर्ण समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग राखेकी छन् ।

आँचलले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडियो, तस्बिर , अक्षर स्क्रिनशट पनि पेश गरेकी छन् ।