• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना

समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छः सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध भइरहेको भन्दै उहाँले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेरमात्रै संसदलाई गति दिन उचित हुने बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भुमिका आफूले निभाइरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद सुचारु गर्न आग्रह गरेको बतउनु भयो ।

उहाँले साथै प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरुलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने के कारण के हो छ ? भनेर प्रश्न गरेको बताउनु भयो । जवाफमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारले सो विषयलाई गम्भीरताका साथ नलिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताउनुभएको पनि जानकारी दिनुभयो । उहाँले प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री दाहाललाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसदको गतिरोध हट्ने विश्वासमा आफू रहेको पनि बताउनु भयो । उहाँले सभामुखको भुमिका संसदमा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा झगडा गर्ने स्थान संसद बन्न नदिने बताउनु भयो । उहाँले इस्यु उठिसकेपछि त्यसको समाधान गरेर नै संसदका काम अघि बढाउन आफूले चाहेको र सोही अनुसार पहल गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सभामुखलाई आफ्नो पक्षमा आफ्नो सोचमा सभामुखलाई ल्याउनको लागि सबैले भन्छन्, सभामुखको रोल प्रधानमन्त्रीलाई बोल्न दिनेमा भयो भने त चल्थ्यो नि, भन्ने सत्ता पक्षले भन्छ भने यस्तो कुरा उठ्दा उठ्दै यो कुराको निक्र्यौल गर्नेकुरामा सत्ता पक्षले टेर्दै नटेर्ने अनि हामीले उसका कुराकानी सुनेको भरमा सदन चल्ने,चलाउने सदन भनेको कसैको इच्छाअनुसार वा नियन्त्रणमा चल्ने चिज हो र ? यस्तो पनि सभामुखले गर्नुहुन्छ र ? भन्ने अर्कोले भन्छ । त्यसैले यो त के हो भने खेलाडीहरुले मेरो पक्षमा के हो भने एम्पायरले निर्णय दिनुप¥यो भनेर आग्रह गरेजस्तो मात्रै हो । त्यस्तो हुँदैन, इस्युमा विवाद भइसकेपछि इस्युलाई टुंग्याउन मेरो निष्पक्ष भुमिका हुन्छ, क्रियाशील भुमिका हुन्छ । त्यो भुमिकाका लागि मैले आफ्नो सक्दो कोशिसहरु गरिरहेको छु ।

अब यो इस्यु उठेर इस्युमा कुरा नमिलेर भइसकेपछि टुंग्याउने कुनै विधि,बाटो, तरिका, वा इस्युलाई समाधान गर्ने वा इस्युलाई थाँती राखेर पनि नियमित गर्नुपर्ने काममा हामी जाउँ भन्ने ठाउँमा ल्याउन उहाँहरुको बीचमा समझदारी हुनुपर्छ । समझदारी गर्न नेता, पार्टीहरु पार्टीको बीचमा यी कुरा गराउन पहिलो कुरा त राजनीतिक पार्टीले नै यो जिम्मेवारी निर्वाह गर्नेगरी सोच्नुपर्छ । दोस्रो कुरा मैले सहजीकरण, मध्यस्थताको रुपबाट उहाँहरुलाई बसौँ, बस्नुस्, छलफल गरौँ, गर्नुस्, भनेर निरन्तर २० गतेपछि सदन चल्न नसकेपछि त्यो कोशिसमा छु ।

मैले दलका नेताहरुलाई सम्पर्क गरिरहेको छु, प्रधानमन्त्रीसँग सम्पर्क गरेर तपाईले प्रतिपक्ष दलका नेताहरुलाई बोलाउनुस्, तर पहल तपाईले गर्नुपर्ने देखेँ मैले भनेर उहाँलाई भनेको छु, प्रमुख प्रतिपक्ष दलका नेतालाई पनि अब तपाई बोलाइएको ठाउँमा जान्न भन्ने, नजाने, बसेर समस्याको समाधान खोज्ने भन्दा पनि राजीनामा माग गर्नुहुन्छ के हो ? भनेर कुरा गरेको छु । उहाँले सत्ताले यसको गम्भीरता नै लिएको छैन, गम्भीरता नलिएपछि हामी त नबोलाएपछि यसको बिरुद्धमा लाग्ने हाम्रो कर्तव्य हो, हामी लाग्छौँ भन्ने उहाँको कुरा छ, यो कुरा प्रधानमन्त्रीलाई सुनाइदिएको छु ।’

केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहालले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली र कहिले नेपालकै राजनीतिक दलहरुसँग धाउनुभएको थियो भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बिरोध जनाउँदै आएका छन् ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्नै नसक्ने बताउँदै संसद अवरोध गर्दा संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध हुँदै आइरहेको छ । यता, सत्ता गठबन्धन भने प्रधानमन्त्रीको अभिव्यक्ति गलत नभएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरेर बसेको छ भने प्रतिपक्ष दलहरु प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभएको भन्दै बिरोध गरिरहेका छन् ।