२३ असार २०८३, मंगलवार
,
Latest
काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले संसदमार्फत् हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने काुननविद्को सुझाव (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा काुननविद्हरुसँग छलफल गर्नुभएको छ । 

सभामुख सापकोटाले बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रतिनिधि सभा विघटन पछिको अवस्था र सभामुखको भुमिकाको सम्बन्धमा कानुनविद् तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुभएको हो । छलफलका क्रममा कानुनविद्हरुले प्रतिनिधि सभा विघटनको सम्बन्धमा आफ्नो धारणा राख्दै सभामुखलाई संविधान अनुरुप कदम चाल्न सुझाव दिएका छन् । संविधानविद् चन्द्रकान्त ज्ञवालीले सरकार संसदप्रति उत्तरदायि हुनुपर्ने भएपनि संसद प्रति उत्तरदायि नभएको बताउनुभयो । संसद विघटन गर्नुपूर्व सभामुख सँग परामर्श लिनुपर्ने संवैधानिक दायित्व भएपनि प्रधानमन्त्रीले संवैधानिक दायित्व पुरा नगरेको उहाँले बताउनुभयो । सभामुखले संविधान र कानुन अनुरुप चल्नुपर्ने र संसदमार्फत् हस्तक्षेपकारी भुमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संविधानविद् टिकाराम भट्टराईले संविधानमा सभामुखलाई पनि विशेष अधिकारहरु दिईएको उल्लेख गर्दै सोही अधिकारहरुको आधारमा संसद बैठक बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने बताउनुभयो । यस अघि नै सर्वोच्च अदालतले कोही व्यक्तिको लहड र सनकमा प्रतिनिधि सभा विघटन गर्न नसकिने फैसला गरिसकेकाले सर्वोच्चको सोही आदेश अनुसार पनि प्रतिनिधि सभा विघटन हुन नसक्ने बताउनुभयो ।

संविधानविद् भिमार्जुन आचार्यले प्रतिनिधि सभा विघटन हुनुमा स्वयं प्रतिनिधि सभा र राजनीतिक दलहरु जिम्मेवार रहेको बताउनुभयो । यसअघि नै प्रतिनिधि सभा विघटनपश्चात् पुर्नस्थापना भएपछि संसद र राजनीतिक दलहरुको भुमिका प्रभावकारी नभएको उहाँको भनाई छ । प्रतिनिधि सभा विघटन गर्दा संसद र प्रतिपक्षी मुकदर्शक बनि जालझेल र षड्यन्त्रलाई रोक्न नसकेको उहाँले बताउनुभयो । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै असंवैधानिक कदमका पछि नै राजनीतिक दलहरु लागेको उहाँको जिकिर छ । प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म कानुनी र संवैधानिक रुपमा सभामुखले केही गर्न नसक्ने आचार्यले बताउनुभयो ।

पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपति, संसद, न्यायपालिकाको अधिकार पनि प्रयोग आफैले प्रयोग गर्न खोजेको बताउनुयो । प्रधानमन्त्रीले कानुन पनि आफैले बनाएर राज्य सञ्चालन गरेको उहाँको भनाई छ । संसद जिवित छ भन्नेकुरा देखाउन सभामुखले आफ्नो सक्रियतालाई बढाउनुपर्नेमा उहाँको जोड छ । प्रतिनिधि सभा पुर्नस्थापना हुनेमा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । सभामुखले संसदीय समितिका सभापति, नागरिक समाज, पत्रकार र राजनीतिक दलहरुको छलफललाई तिव्रता दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिग १९ को महामारीको बेलामा चुनाव गर्ने भनेकाले उनलाई दुरुत्साहनको मुद्दा चलाउनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६(३) बमोजिम नियुक्ति गर्नु गलत भएको र ओली त्यसको लागि योग्य मान्छे नभएको उहाँको टिप्पणी छ । सभामुखले संविधानको पालना र संरक्षण गर्ने बाहेक कुनै काम गर्नु नहुने उहाँको भनाई छ । सभामुखले यस्तै किसिमका अन्तरक्रिया गरेर जनतालाई सुसूचित गराउने ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले बहुमत सांसदहरुले प्रतिनिधि सभा हामी चलाउन चाहान्छौँ भनि हस्ताक्षर नै गरिसकेपछि विघटन गर्न नपाइने बताउनुभयो । सांसदहरुले हामी सरकार बनाउन सक्छौँ भनुञ्जेलसम्म संसद जिवित रहने उहाँले उल्लेख गर्नुभयो । सरकारले विभिन्न असंवैधानिक गतिविधि गर्दै आएको उहाँको भनाई छ । महामारीको बेलामा चुनावको घोषणा गरी जनताको दुःख पिडालाई बेर्पवाह गरिएको उहाँले बताउनुभयो । सभामुखसँग संसदको पक्षमा जनमत सिर्जना गर्नुपर्ने उत्तरदायित्व रहेको उहाँले औँल्याउनुभयो ।

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधानको धारा ७६ प्रधानमन्त्री र राष्ट्रपतिका विचमा हुने काम कारबाही नभएको स्पष्ट पार्नुभयो । धारा ७६ प्रतिनिधि सभा र राष्ट्रपति विच हुने काम कारबाही भएको उहाँले बताउनुभयो । यस सम्बन्धमा सभामुखले सम्पूर्ण कुरा लेखेर राष्ट्रपतिलाई दिनुपर्ने पनि उहाँले बताउनुभयो । सभामुखले बहुमत सांसदहरुको बैठक पटक पटक बसालेर त्यसको सम्पूर्ण कुराहरु राष्ट्रपतिललाई पठाउँदै जानुपर्ने र जनतालाई सुसचित गर्दै जानुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद्हरु सँगको छलफलले आफुलाई सहयोग पु¥याएको बताउनुभयो । पुर्नस्थापित संसदमा प्रभावकारी भुमिका हुन नसकेको उहाँले स्वीकार्नुभयो । यद्यपी अहिले पहलकदमी बढको उहाँको भनाई छ । सभामुख सापकोटाले संविधान र प्रतिनिधि सभाको नियमावली अनुसार नै आफु चल्ने स्पष्ट पार्नुभयो । जनताले प्रतिनिधि सभा सदस्यलाई सार्वभौम अधिकार सुम्पिएको भन्दै उहाँले सो अधिकार आफुबाट अभिव्यक्त हुनुपर्ने बताउनुभयो । नेपाली जनताले दिएको सो अधिकार असाधारण परिस्थितिमा आफुले प्रयोग गर्ने उहाँले बताउनुभयो । उहाँले राजनीतिक पार्टीहरुमा नै जनताको शक्ति केन्द्रीत भएर अभिव्यक्त हुने भएकाले आफुले राजनीतिक पार्टीहरुसँग छलफल थाल्नेपनि उहाँले जानकारी दिनुभयो ।

आफुहरु प्रतिनिधि सभा सञ्चालनमा दत्तचित्त भएर लागिरहेको उल्लेख गर्दै सभामुख सापकोटाले देश अध्यादेश बाट चलाउन खोजिएको प्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । अध्यादेशबाट चलाउन खोज्नु बेठिक भएको उहाँको भनाई छ । उहाँले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको र प्रतिनिधि सभाको अधिकारको हनन भएको उहाँले बताउनुभयो ।