• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

अनामनगरमा रक्तदान कार्यक्रम – फोटोफिचर



काठमाडौँ । अनामनगरस्थित सामाजिक विकास चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक विकास समाज, लायन्स क्लब अफ रामेछाप, देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपाल हायसी –हा सितोरियो काई कराते डो संघ र लायन्स क्लब अफ काठमाडौँ आसिर्वादको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

११ बजेदेखि सुरु भएको कार्यक्रममा ३ बजेसम्म रक्तदान गर्न सकिनेछ । साथै, रक्तदानका अलावा निःशुल्क स्वास्थ्य शिविरको आयोजना पनि गरिएको छ ।

जहाँ मानिसले ब्लड सुगर, हेमोग्लोविन र ब्लड प्रेशरको परिक्षण गरि स्वास्थ्य लाभ लिन सक्नेछन् । कार्यक्रममा बाक्लो उपस्थितीका साथ रक्तदान गर्नेहरुको संख्या बढ्दो छ ।